दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन

खेमराज भट्ट, भाद्र ३०
काठमाडौं – सरकारले यस वर्षको दशैं–तिहारलाई लक्षित गरी सहुलियत पसल सोमबार (भदौ ३०) देखि सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकाका चार स्थानसहित देशभर १११ बिक्री केन्द्रमार्फत सहुलियत पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री वितरण विभागका प्रबन्धक भीम थापाले जानकारी दिए।

“सर्वसाधारणलाई सहज होस् भनेर आजबाट सहुलियत पसल सञ्चालनमा ल्याएका हौँ,” उनले भने। काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु र दक्षिणकालीमा सहुलियत पसल खुलेका छन्।

यसैगरी ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायणमा एक–दुई दिनमै सहुलियत पसल सञ्चालन हुने तयारी गरिएको छ। पसलमा चामल, दाल, गेडागुडी, चिनी, नुन, मसला लगायत दैनिक उपभोग्य वस्तुहरू पाइने र हरेक सामानमा प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट दिइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply