काठमाडौंमा घुइयाँघाटको स्वाद : सितन वाला होटलमा फ्रेस लोकल चिकेन तड्का

खेमराज भट्ट, भाद्र ३१
काठमाडौं – राजधानीको सिनामंगलस्थित केएमसी मेडिकल कलेज नजिकै रहेको “सितन वाला (SITAN WALA) होटल” अहिले सुदूरपश्चिमको स्वाद खोज्नेहरुको रोजाइमा पर्न थालेको छ।

विशेषगरी धनगढीको घुइयाँघाट क्षेत्रका राना समुदायबाट तयार पारिने फ्रेस लोकल चिकेन तड्का यहाँको मुख्य आकर्षण बनेको छ। परम्परागत तरिकाले पकाइने यो परिकारले काठमाडौंमा पनि सुदूरपश्चिमको स्वाद र संस्कृतिको झल्को दिलाउने गरेको उपभोक्ताहरु बताउँछन्।

स्थानीय र बाहिरबाट आएका दुवै खालका पाहुनाले सितन वाला होटलमा पुग्ने क्रम बढ्दो छ। होटलका सञ्चालक सुशान्त विक्रम थापाको भनाइअनुसार, “सुदूरपश्चिमको मौलिक स्वादलाई काठमाडौंमै जोगाउने हाम्रो प्रयास हो, यसैले हामी घुइयाँघाट शैलीको तड्का प्रस्तुत गर्दै आएका छौं।”

सिनामंगलजस्तो व्यस्त स्थानमा बसेको यो होटल अहिले स्वादप्रेमी र सांस्कृतिक पहिचान खोज्नेहरुका लागि नयाँ गन्तव्य बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply