खेमराज भट्ट, असोज १६ काठमाडौं – विजयादशमीको मुख्य दिन आज राजधानीस्थित स्काई वाकमा धुमधामका साथ दशमी मनाउँदै भक्तजनहरू भेला भएका छन्। बिहानैदेखि पूजाआजा, टीका–जमरा तथा आशीर्वाद आदान–प्रदानका लागि मानिसहरूको भीड देखिएको छ।
सांस्कृतिक कार्यक्रम, पारिवारिक भेटघाट र रमाइलो माहोलले स्काई वाक परिसर आज उत्सवमय बनेको छ। आगन्तुकहरूले परम्परागत भेषभूषामा सजिएर रमाइरहेका छन् भने रमणीय दृश्यमा तस्वीर खिच्दै दशमीको खुसीलाई अझ रंगीन बनाएका छन्।
आयोजक समितिका अनुसार यस वर्षको दशमी विशेष कार्यक्रमसहित आयोजना गरिएको छ, जसमा गीत–संगीत, नृत्य र स्थानीय भेषभूषा प्रदर्शनीले आकर्षण थपेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1