काठमाडौंमा जोखिममा परेका बासिन्दाका लागि महानगरको अस्थायी आश्रयस्थल व्यवस्था

खेमराज भट्ट, असोज १८
काठमाडौं – निरन्तरको भारी वर्षापछि उत्पन्न बाढी र पानीको जोखिमबाट बचाउन काठमाडौं महानगरपालिकाले अस्थायी सेल्टर (आश्रयस्थल)को व्यवस्था गरेको छ। मेयर बालेन्द्र (बालेन) शाहका अनुसार महानगरका पाँच स्थानमा हाल बस्तीका प्रभावित नागरिकहरूलाई सुरक्षित रूपमा राखिएको छ।

महानगरको शिक्षा विभागले ७० वटा विद्यालयलाई तत्काल प्रयोग गर्न सकिने आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको जनाएको छ। तीमध्ये हाल विश्व निकेतन त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरीमा ५२ जना, र जन विकास, कुलेश्वरमा ५२ परिवारका २५१ जना बसिरहेका छन्। साथै महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना प्रभावितहरू आश्रयमा छन्।

मेयर शाहले प्रभावितहरूको खाना र बस्ने व्यवस्था महानगरले नै गरिरहेको बताएका छन्। साथै, कुनै आपतकालीन अवस्था आएमा तुरुन्त सम्पर्क गर्न १६६००१०५५११, ०१–५९०१७६४, र ०१–५९०१७६३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

महानगरले वर्षाको जोखिम उच्च रहेका अन्य बस्तीहरूमा पनि निरन्तर अनुगमन र उद्धार तयारी जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply