चार एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सम्मान

खेमराज भट्ट, काठमाडौं, असोज २५ — नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) लाई शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले नक्सालस्थित प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा एआईजी सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एआईजीहरूको धर्मपत्नीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो।

समारोहमा आईजीपी खापुङले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले संगठनप्रतिको योगदान, दक्षता र कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको बताउँदै नयाँ जिम्मेवारी विवेक, अनुभव र नेतृत्व क्षमताका साथ पूरा गर्न आग्रह गर्नुभयो।

आईजीपी खापुङले भने, “विकल्प भनेको अझ परिष्कृत र सुधारिएको नेपाल प्रहरी नै हो,” भन्दै नागरिकमैत्री सेवा प्रवाहमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो।

पदोन्नत अधिकृतहरूको तर्फबाट एआईजी सुशिल सिंह राठौरले संविधान र कानुनको परिधिमा रही देशमा शान्ति, सुव्यवस्था र कानुन कार्यान्वयनमा व्यावसायिक निष्ठाका साथ योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply