जेनजी आन्दोलनको छायाँ : पहिलो नम्बरका अधिकारी बढुवाबाट छुटे

खेमराज भट्ट, कार्तिक ११
काठमाडौं —जेनजी आन्दोलनका दिन काठमाडौं प्रहरी प्रमुखका रूपमा खटिएका एसएसपी विश्व अधिकारीलाई नियतिको एउटा कडा घाउ परेको छ। डीआईजी बढुवाका लागि सबैभन्दा अगाडि रहेका अधिकारीलाई बढुवा सूचीले बेवास्ता गरेको छ।
गृह मन्त्रालयले आज सार्वजनिक गरेको बढुवा सिफारिसमा अधिकारीको नाम छैन। उनीभन्दा पछाडि रहेका भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले भने सिफारिसमा परेका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा काठमाडौं प्रहरीको नेतृत्व अधिकारीकै हातमा थियो। त्यही क्रममा भएको गोलीकाण्डमा २२ जना प्रदर्शनकारीले ज्यान गुमाए। त्यो कालो दिनपछि काठमाडौं प्रहरी परिसरको सिंगो टिम फेर्नुपर्‍यो, र अहिले बढुवाको अवसर पनि उनीबाट टाढा सारिएको छ।

छानबिन अझै टुंगोमा पुगेको छैन, तर निर्णयले अधिकारीको करियरमा गहिरो प्रश्नचिन्ह कोरेको छ।
कहिलेकाहीँ कर्तव्य पूरा गर्दा पनि नियतिले सजाय दिन्छ,अधिकारीको कथा अहिले यही मर्मले बोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply