पुस ६
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरिएको छ।
प्रारम्भिक टोलीमा २४ खेलाडीलाई समेटिएको छ। विश्वकप छनोट खेलेका १५ खेलाडीबाहेक अरु नौ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
जसमा जसमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लसहित विनोद भण्डारी, सन्दीप जोरा, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, बसिर अहमत, प्रतिश जिसी र रूपेश सिंहले स्थान बनाएका छन्।
नेपाली प्रारम्भिक टोली
रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, ललित राजवंशी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, सन्दीप लामिछाने, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, लोकेस बम, साहब आलम, आदील अन्सारी, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिष जिसी, बसिर अहमद, रुपेस कुमार सिंह।
नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई
भारत र श्रीलंमा विश्वकपमा सहआयोजक भारतले पहिलो खेलमा फेब्रुअरी ७ मा मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा अमेरिकाविरुद्ध खेल्नेछ।पहिलो दिन नै पूर्वविजेता पाकिस्तान र वेस्ट इन्डिज पनि मैदान उत्रनेछन्।
पाकिस्तान कोलम्बोको नेदरल्यान्ड्ससँग तथा वेस्ट इन्डिजले कोलकातामा बंगलादेशसँग खेल्नेछन्।
विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदावादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ मा फाइनल खेल हुने गरी तोकिएको छ। यो प्रतियोगिता भारत र श्रीलंकाका कुल ८ वटा उत्कृष्ट रंगशालामा आयोजना हुनेछ।
