राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच बृहत् एकता: लोकतान्त्रिक सुधार र सामाजिक न्यायमा साझा प्रतिबद्धता

पुस १३
खेमराज भट्ट, काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा) र बालेन्द्र शाहबीच बृहत् एकताको सम्झौता भएको छ। सम्झौतापत्र अनुसार, दुवै पक्षले बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

सम्झौतापत्रमा नवयुवाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै शहीद र घाइते परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता समेटिएको छ। साथै, आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको माध्यमबाट अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा पनि जोड दिइएको छ।

बृहत् एकता पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” रहनेछ। दलको झण्डामा निलो पृष्ठभूमिमा सेतो गोलाकार बीचमा निलो रंगको घण्टीको आकृति रहनेछ र चुनाव चिन्ह ‘घण्टी’ कायम रहने छ। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।

पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने जनाइएको छ। संगठनात्मक संरचना सुदृढ बनाउन युवा अभियन्ता र अनुभवी विज्ञहरुलाई जिम्मेवारीमा समायोजन गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। दलले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई पनि आव्हान गर्ने जनाएको छ।

सम्झौतापत्र रवि लामिछाने र बालेन्द्र शाहले पुष १३, २०८२, काठमाडौँमा हस्ताक्षर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply