पीएम कप काठमाडौं जिल्ला छनोटमा एकै दिन बन्यो दुई शतक

माघ २०

पीएम कप काठमाडौं जिल्ला पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत मंगबलार सम्पन्न पछिल्ला तीन खेलहरूमा ग्रेट हिमालय क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब र बालुवाटार क्रिकेट क्लबले जित हात पारेका छन्।

ग्रेट हिमालय क्रिकेट एकेडेमीले एञ्जेल्स स्पोर्ट्स एकेडेमीलाई ३८५ रनको विशाल अन्तरले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाएर ४७४ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका लागि ईशान पाण्डेले ९१ बलमा १४७ रन र सम्राट शाहले १०६ बलमा १३० रनको उत्कृष्ट शतकीय पारी खेले। खेलको ‘प्लेयर अफ द म्याच’ सम्राट शाह घोषित भए।

४७५ रनको कठिन लक्ष्य पछ्याएको एञ्जेल्स स्पोर्ट्स एकेडेमी ३०.१ ओभरमा मात्र ८९ रनमा समेटियो। एञ्जेल्सलाई सस्तैमा रोक्न ग्रेट हिमालयका प्रकाश थापाले ८.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए।

पाँचौँ खेलमा थर्ड आई युथ क्लबले वन डे क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्‍यो। वन डे क्रिकेट एकेडेमीले ४६ ओभरमा सबै विकेट गुमाएर २२७ रन बनाएको थियो, जसमा रघुनन्दन सिंहले ५६ बलमा अविजित ८१ रनको योगदान दिए। थर्ड आईका बिक्रम केसीले ९ ओभरमा ५३ रन दिएर ४ विकेट लिए।

२२८ रनको लक्ष्य पछ्याएको थर्ड आई युथ क्लबले ४६.१ ओभरमा ७ विकेट गुमाउँदै जित हासिल गर्‍यो। टोलीका लागि सुरज खड्काले ४० रन र दीपेन्द्र ओझाले ३० रन बनाए। घातक बलिङ गरेका बिक्रम केसी ‘प्लेयर अफ द म्याच’ चुनिए।

अर्को खेलमा बालुवाटार क्रिकेट क्लबले रेडियन्ट क्रिकेट एकेडेमीलाई ९ विकेटले सहजै हराएको छ। पहिले ब्याटिङ गरेको रेडियन्ट ३२ ओभरमा ९२ रनमै अलआउट भएको थियो। रेडियन्टका लागि चन्दन कुमारले २० रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। बालुवाटारका आतिफ खान र सृजन पाण्डेले २-२ विकेट लिए।

९३ रनको सामान्य लक्ष्य बालुवाटारले मात्र १३.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। बालुवाटारको जितमा धिरज देउवाले ४१ बलमा विष्फोटक ५९ रनको अविजित पारी खेले। धिरज देउवा नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply