कञ्चनपुर, फागुन २८ — जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
दिउँसो करिब १२:३० बजेको समयमा भएको उक्त घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा SOCO टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्दै प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र वडा नं.९ का ४० वर्षीय हिरा नाथ लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडितलाई आवश्यक स्वास्थ्य परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल मा यौनजन्य परीक्षण गरिएको छ।
हाल दुबै आरोपीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले यस्ता जघन्य अपराधमा संलग्नमाथि कडा कानुनी कारबाही गरिने र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताएको छ।
