प्रधानमन्त्री कप : आर्मी र पुलिस विजयी

काठमाडौँ, चैत १२ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेको छ ।

मुलपानी मैदानमा बिहीबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सात विकेटले हरायो । जितसँगै अपराजित आर्मी शीर्षस्थानमा उक्लिएको छ ।

जितका लागि दुई सय १० रनको लक्ष्य पछ्याएको आर्मीले ३४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा कुशल मल्लले अलउान्ड प्रदर्शन गर्नुभयो ।

उहाँले बलिङमा दुई विकेट लिनुभयो भने ब्याटिङमा अविजित ४३ रन बनाउनुभयो । यस्तै तृतराज दास, कप्तान विनोद भण्डारी र भीम सार्कीले अर्धशतक बनाउनुभयो ।

कप्तान विनोदले सर्वाधिक ५८, भीमले अविजित ५४, तृतले ५१ रन बनाउनुभयो । बलिङमा गण्डकीका सुवास भण्डारीले दुई तथा कप्तान विपिन खत्रीले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले ४९.४ ओभरमा सवै विकेटको क्षतिमा दुई सय नौ रन बनाएको थियो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ६७ रन बनाउनुभयो । उहाँले लगातार पाँचौ खेलमा अर्धशतकमाथि रन बनाउनुभएको हो । यस्तै दिपक डुम्रेले ५१ र कृष्ण पौडेलले १७ रन जोड्नुभयो ।

यस्तै अर्को खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले हरायो । जितका लागि दुई सय ६६ रनको लक्ष्य पछ्याएको पुलिसले ४४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि बागमतीले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply