प्रधानमन्त्री कप : सुदूरपश्चिम र लुम्बिनी विजयी

काठमाडौँ, चैत २२ गते । सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सफलता हाप परेका छन् ।

जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई एक सय ६३ रनले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५० रनले हरायो ।

जितका लागि दुई सय १० रनको लक्ष्य पछ्याएको बागमतीले ११.२ ओभरमा सबै विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सकेको थियो । प्रधानमन्त्री कपमा बागमतीको यो सर्वाधिक कम योगफल हो ।

बागमतीलाई सस्तैमा समेट्टन बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले बलिङमा ह्याट्रिकसहित सात विकेट लिनुभयो । शेर मल्लले तीन विकेट झार्नुभएको थियो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । पराजित बागमती चार अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै वीरगन्जमा जितका लागि लुम्बिनीले दिएको दुई सय ५७ रनको लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६ रनमा समेटिएको थियो ।

जितसँगै लुम्बिनी ६ खेलबाट सात अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट सात नै अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको नौ अङ्क छ । आर्मीले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply