विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा

असोज १६ गते । ओमानमा हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

असोज २१ गतेदेखि सुरु हुने लिग–२ मा नेपालसँगै आयोजक ओमान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन् । क्यानले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

टोलीमा सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *