मंगलबार सुनको भाउ स्थिर, चाँदी घट्यो

असोज २० गते । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन यही मूल्यमा किनबेच भएको थियो। यसअघि सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य भने मंगलबार प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार १ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *