असोज ३० । पाकिस्तानी लेग स्पिनर उसामा मिरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्।
चितवन राइनोजले सामाजिक सञ्जालमार्फत ३० वर्षीय मिरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ। उनको आगमनले टोलीको बलिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।
मिरले सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले पाकिस्तान सुपर लिग, बिग बास लिग, बङ्गलादेश प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।
