तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृ-त्यु

कात्तिक ६ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। शुक्रबार बिहानसम्मको विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जनालाई सामान्य चोट लागेको छ।

भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ भने भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।

उद्धार र राहतका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी तथा क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना जनशक्ति परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *