दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

कात्तिक १६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको बताउनुभएको छ।

प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको अवसरमा आयोजित कार्यक्रममा उहाँले पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालनका काम अघि बढिरहेको जानकारी दिनुभयो। प्रतियोगिता सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य भइरहेको उहाँको भनाइ छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि रङ्गशालाको पूर्वाधार निर्माण पूरा भएको बताउनुभयो। खेलाडी तथा पाहुनाको बसोबास र आवश्यक व्यवस्थापनमा प्रदेश सरकार जुटिरहेको उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसारलाई तीव्र बनाइएको बताउनुभयो। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण हुने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *