कात्तिक १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङ रोज्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
आजको खेलमा लुम्बिनीले दिलीप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानलाई टोलीमा राखेको छ।
यस्तै, पोखराले पनि तीन खेलाडी परिवर्तन गरेको छ। दिनेश खरेलको स्थानमा अर्जुन कुमाल, प्रतीक पोखरेलको स्थानमा आकाश चन्द र मोहम्मद सैफुद्दिनको स्थानमा सदिरा समरविक्रमाले खेल्ने भएका छन्।
