झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै कुटाइ खाए का पुष्प पहिलो बादी मेयर

रुकुम पश्चिम

कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले कुटाइ खाए । आफूलाई कुटेको खबर लिएर शिक्षकहाँ पुग्दा उल्टै रोटी किन छोइदिएको भन्दै शिक्षकबाट कुटिएपछि पुष्पले विभेदबारे थाहा पाउन थाले । त्यही कारण केही दिन उनी विद्यालय नै गएनन् । विद्यालय नगएपछि बाबुले यसबारे सोधखोज गरे । विद्यालयमा भएको घटनाबारे बताएपछि बाबुले विभेदको थप अवस्थाबारे बताए । त्यसपछि पुष्प विद्यालय त गए तर कसैको केही छोइन्छ कि भन्दै डराउँदै बसे । बाहिर व्यक्त नगरे पनि भित्रभित्रै चिढिएका पुष्प विस्तारै राजनीतिक संगठनमा संगठित हुन थाले । मान्छे-मान्छेबीच विभेद बुझ्दै गएपछि समूह बनाउने, छलफल गर्ने र यसको प्रतिरोध गर्ने काम थालेका पुष्प विस्तारै राजनीतिमा सक्रिय भए । तिनै बादी यसपटक स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएका छन् । सम्भवत: नगरप्रमुखमा निर्वाचित हुने उनी बादी समुदायका एक मात्र व्यक्ति हुन् । चौरजहारी नगरपालिकामा एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरले जितेर पुष्प नगर प्रमुखमा चुनिए । सुरुमा विभेदविरुद्ध आवाज उठाउन भन्दै नेपाल उत्पीडित मुक्ति समाजमा आवद्ध भएर विभेदको विरोध थालेका पुष्प माओवादीले थालेको सशस्त्र आन्दोलनमा सहभागी भए । माछा मारेर, मादल बनाएर, सुल्पा बनाएर परिवार पाल्ने मान्छे विभेद अन्त्यकै लागि पूर्णकालीन कार्यकर्ता भए । दिनभर माओवादीको कार्यकर्ता बनेर काम गर्ने उनी राति घरमा आएर माछा मारेर परिवारको जोहो गराउँथे । ‘विद्यालयदेखि नै विभेद देखें र भोगें,’ उनले भने, ‘यसको अन्त्यका लागि परिवार पाल्नुपर्ने भूमिका थियो । तैपनि परिवार छाडेर युद्धमा होमिएँ ।’ युद्धमै हुँदा परिवार पाल्न मुस्किल हुने भएपछि हरेक रात माछा मारेर छाड्ने गरेका उनले बिहान श्रीमतिले त्यही माछा बेचेर गुजारा गर्थिन् । पार्टी भन्दा पनि उनी दलित मोर्चामा नै धेरै क्रियाशील रहे । ‘मैले धेरै विभेद देखें, भोगेको र महशुस गरेकाले पनि हुन सक्छ, म पार्टीमा कम र दलित मोर्चामा धेरै केन्द्रित भएर लागेको हुँ,’ उनले भने । उनले संगठनभित्र पनि धेरै संघर्ष गर्नुपर्यो । संगठन निर्माण गरे । २०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएका बादी बल्ल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छन् । चौरजहारी नगरपालिकाको पार्टी इन्चार्ज रहेका उनलाई पार्टीले सर्वसम्मत नगर प्रमुखको टिकट दिएको थियो । उनी दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्यसमेत बने । कर्णाली प्रदेशको इन्चार्ज, सहइन्चार्ज र संयोजकको भूमिका उनले निर्वाह गरिसकेका छन् । अब आफू अमुक समुदायको मात्रै प्रमुख नभएको उनी बताउँछन् । ‘हिजोसम्म एउटा भूमिकामा थिएँ, अब अर्को भूमिकामा आएपछि म सबैको साझा भएको छु’ उनले भने, ‘मेरो भूमिका निर्वाह पनि त्यसरी नै हुन्छ ।’ समृद्ध चौरजहारी बनाउन आफूले खास योजना बनाएको र त्यसै अनुसार अघि बढ्ने उनले बताए । पुष्प अब जनप्रतिनिधिको रुपमा सबैलाई समान व्यवहार गर्ने बताउँछन् । उनले भने, ‘तर मैले भोग्दा जस्तो विभेद अहिले छैन ।’ गरिब, विपन्न, असहायका लागि विशेष कार्यक्रम बनाउने, उनीहरुको सशक्तिकरणका लागि काम गर्ने बादीले बताए । पहिलो स्थानीय सरकारले ५ वर्षसम्म गरेका कामको स्थायित्व, अपूरा काम पूरा गर्ने, स्वास्थ्य, शिक्षा, सामा याे पनि, भरतपुरमा पाँच वर्षको मतान्तर : माओवादी लोकप्रिय, एमाले अलोकप्रिय नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागू भएपछि दुई पटक स्थानीय तहको निर्वाचन भएको छ। संविधान निर्माण भएपछि पहिलो पटक २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो। उक्त निर्वाचनको कार्यअवधि पुरा भएपछि भर्खरै मुलुकमा दोस्रो पटक निर्वाचन सम्पन्न भएको छ। दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनका परिणामहरू क्रमशः सार्वजनिक भइरहेका छन्। स्थानीय तहको दुवै निर्वाचनमा भरतपुर महानगरपालिका देशको केन्द्रमा रह्यो। पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको प्रमुखमा नेकपा माओवादी केन्द्रका नेता रेनु दाहाल निर्वाचित भएकी थिइन्। उनको नेतृत्वमा भरतपुर भरतपुर महानगरपालिका देशको उत्कृष्ट पालिका बन्यो। उनी दोस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उभिइन्। नेता दाहालको उम्मेदवारीले पनि भरतपुर निर्वाचन अवधिभर देशको केन्द्रमा रहिरह्यो। भरतपुरमा अहिले मतगणना जारी छ। केही वडाहरूको मतपरिणाम सार्वजनिक भइसकेका छन्। अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेता दाहालले अग्रता कायम गरेकी छन्। मतगणना भएका वडाहरूमा पछिल्लो पाँच वर्षमा दुई प्रमुख कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेको अवस्था कस्तो रह्यो ? यहाँ चर्चा गर्ने प्रयास गरेका छन्। दुई निर्वाचनका मतपरिणाम अनुसार माओवादी केन्द्रले भरतपुर महानगरमा सुधार गरेको देखिएको छ। भरतपुर महानगरका वडा नम्बर १ देखि १२ सम्मको मतपरिणाम केलाउँदा जम्मा तीन वडामा माओवादी केन्द्रको मतान्तर केही घटेको देखिन्छ। तर बाँकी वडामा भने राम्रो मतान्तर बढाएको देखिछन्। वडा नम्बर ३, ४ र ७ मा अघिल्लो निर्वाचन भन्दा यस निर्वाचनमा माओवादी केन्द्रले कम मत परिणाम पाएको देखिन्छ। २०७४ मा वडा नम्बर ३ मा एक हजार ६८, वडा नम्बर ४ मा दुई हजार १९५ र वडा ७ मा एक हजार ८८० मत पाएको थियो। यस निर्वाचनमा उक्त स्थानमा अहिले क्रमशः ९७६, एक हजार ८२४ र एक हजार ८३२ मत मात्र प्राप्त गरेको छ। यी बाहेकका अन्य वडाहरूमा माओवादी केन्द्रले राम्रो मतान्तर बढाएको देखिन्छ। यता नेकपा एमालेले प्राप्त गरेको मत केलाउँदा भरतपुर महानगरमा उसको मतान्तर घटेको देखिन्छ। वडा नम्बर १ देखि १२ सम्मको मतपरिणाम अनुसार वडा नम्बर ११ बाहेक सबै वडामा उसको मतान्तर घटेको देखिन्छ। वडा नम्बर ११ मा भने उसले अघिल्लो मतपरिणाम भन्दा केही सामान्य सुधार गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply