विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियास् भन्ने प्रस्ताव निणायार्थ प्रस्तुत गर्नुभएको थियो ।

सो विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्रका सार्वजनिक यातायात र काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले विधेयक पेश गरिएको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन ६ गते अपराह्न १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply