नेपाली काग्रेसका महासमिति सदस्य एंव सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले प्रदिप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन ।
राज्यमन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य टेक बहादुर रैका ले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको राज्यमन्त्री रैका ले जनाएका छन् । राज्यमन्त्री रैका ले गिरी पार्थिव शरिरमा नेपाल मेडिसिटी अस्पताल पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे
नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक नेता प्रदीप गिरि ज्यू को निधनको खवरले निकै स्तव्ध भएको छु,’ रैका भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको उपचारका क्रममा शनिबार राती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।