वनदेवी सामुदायिक वन उपभोक्ता समुहको छैठौं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर:- कृष्णपुर नगरपालिका ९ वनदेवी सामुदायिक वन उपभोक्ता समुहको छैठौं वार्षिक साधारण सभा कार्यक्रम शनिबार वनदेवी सामुदायिक वन कार्यलयको प्राङ्गणमा सम्पन्न भएको छ ।

वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो भने  कृष्णपुर नगरपालिका वडा नम्बर ९ कार्यबाहक वडा सदस्य कालिका चौधरीकाे प्रमुख आतिथी, विशिष्ट अतिथि पिपरिया सब डिभिजन अधिकृत नवीन सिंह, CFCC जिल्ला कञ्चनपुरका सह सचिव पुनाराम चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै चौधरीले वन र वातावरण हरेक व्यक्तिको लागि उपयोगी भएकाले यसलाई हराभरा बनाउनको लागि र उपभोक्ताहरुले नै यसको उपयोग गर्न पाउनुपर्ने बताउदैँ वनदेवी सामुदायिक वनलाई वडा कार्यालय बाट हुनसक्ने सहयोग आवश्यक परेको बेला आफुले हरेक क्षेत्रबाट गर्ने बताइन् । विशिष्ट अतिथि सिंहले  कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले  वनको संरक्षण र सम्बर्धनमा विगतदेखि अहिलेसम्म भएका नीतिगत परिवर्तनहरुको बारेमा प्रस्ट पार्नुभयो ।

उहाँले अहिले आएर वनले पैदावार दिन थालेपछि त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे व्याख्या पनि जानकारी दिनुभएको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै  CFCC कञ्चनपुर जिल्ला उप सचिव पुनाराम चौधरीले सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको संरक्षण गर्न उत्तिकै आवश्यक भएको बताए,यस्तै कार्यक्रममा वनदेवी सामुदायिक वन उपभोक्ता समुहका काेषा अध्यक्ष  दिर्घ राज ओझा  आर्थिक वर्ष २०७८र०७९ को लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०५८साल देखि स्थापना भएको यस वनदेवी सामुदायिक वन उपभोक्ता समुहकाे कृष्णपुर नगरपालिका वडा नं ९ राजघाटमा ४ सय ५ जना सदस्यता संख्या बनाउन सफल भएको उल्लेख गर्नुभएको थियो । समुहले विगतका दिनबाट उपभोक्ताहरुका लगि कार्य गर्दै आईरहेको र आगामी दिनमा सामुदायिक वन क्षेत्रलाई  आगलागी बाट रोकथाम गर्ने समुहको आम्दानीबाट बचत हुने रकम ३७.५ प्रतिशत रकम गरिब विपन्न वर्ग उत्थान गर्ने जस्ता कार्य गर्ने बताउनुभएकोे । कार्यक्रममा बार्षिक प्रतिवेदन सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने साथै आर्थिक प्रतिवेदन सुनाउनुभएको थियो । आन्तरीक लेखा समितिका संयोजक दिर्घराज अवश्थीले बार्षिक लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कृष्णपुर नगरपालिका भित्र भएका विभिन्न संघ संस्थाका जनप्रतिनिधी, वडावासी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मनतब्य समितिका उपाध्यक्ष करुणाकर ओझाले गरेकोे कार्यक्रममा सहजीकरण वनदेवी सामुदायिक वन उपभोक्ता समुहका काेषा अध्यक्ष दिर्घ राज ओझा  गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply