केहीबेर घाम लागे पनि अझै २/३ दिन मौसम सुध्रिंदैन

काठमाडौं । एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाले झरी पार्ने प्रणाली अझै २/३ दिन कायम रहने जनाएको छ । विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

बरिष्ठ मौसमविद् शान्ति कँडेलले केहीबेर घाम लागे पनि अझै दुई/तीन मौसम राम्रोसँग नसुध्रिने बताइन् । उनले ‘हिले दशैं’ अस्वाभाविक प्रक्रिया नभइ संयोगमात्रै रहेको बताइन् ।

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र छ । त्यसैको प्रभावले नेपालमा असर गरिरहेको हो । हिजोदेखि नै वर्षा भएको त्यही कारणले हो । हिजो पूर्वी नेपाल अर्थात प्रदेश नं. १, मधेश र बाग्मती प्रदेशमा दिनभर वर्षा भयो ।

अहिले वर्षाको लहर बिहानसम्म आइपुग्दा ती क्षेत्र बाहेक गण्डकी, लुम्बिनी हुँदै कर्णाली प्रदेशसम्म पनि पुगिसकेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

देशव्यापी रुपमा वर्षा भएता पनि केही ठाउँमा मात्रै भारी वर्षा भएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा आजदेखि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिन्छ ।

पानी परेपछि किन पानी आयो, कहिल्यै विकसित नभएको प्रणाली हो कि, भन्ठान्छौं । हिले दशैं अस्वाभाविक प्रक्रिया होइन, संयोगमात्रै हो ।
आज दिनभर केही स्थानमा भारी वर्षा हुन्छ भने बेलुकीदेखि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । बाकी ठाउँमा भने एक/दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply