बागमती प्रदेशको उपसभामुखको निर्वाचन हुँदै

हेटौंडा । बागमती प्रदेशसको उपसभामुखको निर्वाचन आज दिउँसो तीन बजे हुने भएको छ । देशभर शोक बिदा भए पनि उपसभामुखको चुनावी कार्यक्रम स्थगित नहुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने आज अन्तिम दिन हो । बागमती प्रदेश सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

प्रदेशसभामा उसभामुखमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाई, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट सभामुखमा विजयी राप्रपाका भुवन पाठकले प्राप्त गरेकै मत उपसभामुखले पनि प्राप्त गरेको खण्डमा एमालेकी उम्मेदवार चापागाई उपसभामुखमा विजयी हुनेछिन् । शुक्रबार भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply