बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरुले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए ।

सहभागी व्यक्तिहरुले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले यस विषयमा स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीको रचनात्मक सुझावको अपेक्षा गरिएको बताउनुभयो ।

“हामी बुटवललाई साझा सहरका रूपमा देशकै अगुवा सहर बनाउन चाहन्छौँ,” उहाँले भन्नुभयो, “बुद्धिजीवी र अनुभवी साथीको साथ तथा सहयोग जरुरी छ ।” कार्यक्रममा कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सा क्षेत्रका व्यक्तिले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रूपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

चैत १ गते धार्मिक सङ्घ संस्थाका प्रमुखसँग, चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षसँग छलफल गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply