धनगढी : कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले राजघाट खेलमैदान नजिकै कृष्णपुर नगरपालिका र धनगढी उपमहानगरपालिकाकाे बाेराडाँडी जाेडने झाेलुङ्गे पुलको उद्घाटन गरेका छन् । शनिबार मेयर ओझाले कृष्णपुर नगरपालिका राजघाट खेलमैदानस्थित नव निर्मित झाेलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।
उनले हरेक वर्ष नगरपालिकाले करोडौ रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले झाेलुङ्गे पुल निर्माण गर्दा सवारी साधन आवतजावतमा सहजर हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
