श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

धनगढी । कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिकामा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजका ३४ वर्षिय प्रेम बहादुर बुढाले आफ्नो श्रीमती द्रोपती बुढाको हत्या गरेका हुन ।
प्रेम बहादुरले आफ्नो श्रीमतीको घाँटीमा डाेरीले कसेर हत्या गर्ने प्रयास संगै शरिरमा बारम्बार चक्कु प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीलाई प्रेम बहादुर बुढाले आफै फोन गरेर हत्या भएको खबर गरे संगै प्रहरी घटनास्थलमा पुगेको थियाे ।
रातीनै प्रहरीले प्रेम बहादुर बुढालाई नियन्त्रणमा लिएको बाबाथान प्रहरीका ईन्चार्ज तथा असई पदम बहादुर साँउदले जानकारी दिनु भयाे । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले घटनाको बिस्तृत अनुसन्धान भईरहेको बताउनु भयाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply