एनआरएनए आईसीसी: रविना थापाको समर्थन सँगै महेश श्रेष्ठ भए शक्तिशाली

धनगढी ;- गैर आवासीय नेपाली संघको आज बाट सुरु हुनलागेको निर्वाचनमा एनआरएनए अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ लाई अर्का अध्यक्षका प्रत्यासी रविना थापाले सहयोग गर्ने भएकी छिन्।
थापाले आज आफ्नो उम्मेद्बारी फिर्ता लिँदै महेश श्रेष्ठलाई सहयोग गर्ने बताएकी छिन्।थापाले श्रेष्ठ स्वच्छ छबीका उम्मेद्वार भएको भन्दै समर्थन गरिएको बताइन्।
रविना भन्छिन्: “मेरो एजेन्डामा उहाँ(महेश कुमार श्रेष्ठ) समर्थन हुनुहुन्थेन तर अहिले उहाँ मेरो एजेन्डालाई साथ दिनुभयो र मैले उहाँलाई समर्थन गरे “।
त्यस्तै महेश कुमार श्रेष्ठले आफूलाई सहयोग गर्नुभएकोमा थापालाई आभार प्रकट गरेका छन् उनले थापाको प्रतिवद्धतालाई आफ्नै प्रतिवद्धता ठान्दै अगाडि बढ्ने वचन दिएका छन्।
महेशको समर्थन बढ्दो, रविनाको निर्णयको सर्वत स्वागत
चार अध्यक्ष रहेपनि सबै महादेशमा राम्रो पकड जमाएका श्रेष्ठ २०२३–२५ का लागि नयाँ अध्यक्ष बन्ने आंकलन गरिएको छ । १०औं महाधिवेशनबाट विभाजित बनेको एनआरएनएको भावी नेतृत्वका लागि नयाँ अनुहार स्थापित गराउन पूर्वअध्यक्षहरु साथै संस्थापकहरुले आन्तरिक लबिङ गरिरहेका छन् । विश्वभरका डेलिगेट्सहरुले पनि संस्थालाई एकताबद्ध गराउन सक्ने नेतृत्वको खोजीमा रहेकाले श्रेष्ठको पक्षमा माहोल देखिएको छ ।
डा.केसी एक पटक परीक्षण भइसकेकाले शर्मा र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठले असन्तुष्ट पक्षका नेताहरुलाई भेटेर तीन महिनाभित्र संघलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकाले पछिल्ला दिनमा उनीप्रति समर्थन जनाउनेहरुको संख्या बढेको छ । मुख्यतः टिम महेशमा एनआरएनएको अभियानमा प्रभाव जमाउन सक्ने व्यक्तिहरु पदाधिकारीमा उम्मेदवार रहेकाले श्रेष्ठलाई बल मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply