छानबीनको लागि प्रतिनिधि पठाउनुस्, निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार छु: डा. बद्री केसी

धनगढी ;-गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा डा. केसीले एनआरएनए निर्वाचनमा कही कतै धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको हो ।

आफू अध्यक्षमा विजयी भएसँगै निर्वाचनका सवालमा उठेका प्रश्नको सम्बोधनका लागि एक विज्ञ कमिटि गठन गर्न आग्रह गरेको र कमिटि गठनका लागि उपविजेताहरुलाई पत्र पठाउँदा पनि अहिलेसम्म प्रतिनिधि नपठाएको बताउनुभयो ।

‘दुवै जना अध्यक्षका उपविजेताहरुलाई पत्र नै लेखेर निर्वाचनमा धाँधली भएको छ भने छानबीनका लागि एक विज्ञ कमिटि गठन गर्न तयार छु । एक/एक जना विज्ञ प्रतिनिधि पठाउनुस् भन्दा पनि प्रतिनिधि पठाउनु भएको छैन’, उहाँले भननुभयो ।

डा. केसीले आफूले उपविजेताद्धय महेश कुमार श्रेष्ठ र राजेन्द्र कुमार शर्मालाई छुट्टा छुट्टै भेटेर पनि छानबीन समितिका लागि प्रतिनिधि पठाउन आग्रह गरेको बताउनुभयो । निर्वाचनको क्रममा छानबीन गर्दा कही कतै गल्ती भएको प्रमाणीत भएको खण्डमा पदमा त्याग्न तयार रहे पनि विना लजीक हल्लाको पछि लाग्नुको भने कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply