एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष रोविन र कोषाअध्यक्ष सुदनको जापानमा भव्य स्वागत

धनगढी :- एनआरएनए आईसीसीको कार्यकाल (सन २०२३-२५)का लागि गत अक्टोबर १९ तारिख सम्पन्न निर्वाचनमा जापान कर्मभूमि भइ उपाध्यक्ष पदमा निर्वाचित रोबिनकुमार शेरचन र कोषाध्यक्ष पदमा निर्वाचित सुदनकुमार थापालाइ नारिता बिमानस्थलमा स्वागत गरेका छन ।

जापानमा रहेका बिभिन्न संघसंस्था र पेशा ब्यबसायमा आबद्द नेपालीहरुको उपस्थितिमा खादा लगाएर स्वागत गरेको स्वागत कार्यक्रममा सहभागी पासाङ शेर्पाले जानकारी दिनुभएको छ ।
निर्वाचित शेरचन र थापा आज बिहान १० :३० बजे जापानको नारिता बिमानस्थलमा अवतरण हुनुभएको थियो ।

जापानबाट एनआरएन आईसीसी उपाध्यक्ष पदमा रोबिनकुमार शेरचन, सचिबमा पारसमणी पोखरेल ,कोषाध्यक्षमा सुदनकुमार थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ्ग,
एसिया प्यासिफिक उपसंयोजकमा दिपक कार्की ,एसिया प्यासिफिक उपसंयोजकमा दिपक कँडेल ,एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङ ,एसिया प्यासिफिक युवा संयोजकमा बिकाश बस्नेत ,एसिया प्यासिफिक युवा उपसंयोजकमा नारायण खड्का गरी ९ जना उम्मेद्वारहरु निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply