महेश श्रेष्ठसंग एनआरएनए बलियो बनाउने आधार छ, आरके र बद्री बिचको समस्याको सामाधान हुन श्रेष्ठ

धनगढी ;- एनआरएनए आईसीसीको ११ औ विश्व सम्मेलनको चुनावपछी डा. बद्री केसी र आरके शर्मा बिचको दुरी बढेको छ । भेरो मार्फत गरिएको चुनावको नतिजाले पहिलो स्थानमा डा. बद्री केसी, दोस्रोमा आरके शर्मा र तेस्रोमा महेश श्रेष्ठ भएका छन् ।

यो नतिजा सार्वजनिक भएसंगै विबादले ठुलो रुप लिएको छ । एनआरएनए दुई भागमा विभाजन भएको जस्तो देखिन थालेको छ ।निर्वाचनमा धांधली भएको आरोप आरके गुटले लगाएको छ भने यसको प्रतिकार गर्दै आएको बद्री समुहको सामाधानको विषय अर्का अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लाई लिन थालेका छन् ।

दुबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता श्रेष्ठ संग रहेको जानकार एनआरएनए नेताहरु बताउन्छन ।दुवै पक्षको होडबाजीले गर्दा एनआरएनएमा विश्वास राख्ने मानिसहरुको समूहले विश्वास गर्न छोडिसकेको छ ।यसलाई मजबुद बनाउन नयॉं ढंगबाट जानुपर्ने हुन्छ ।

तत्कालिन उपाध्यक्ष समेत रहेका महेश श्रेष्ठ सवैका साझा व्यक्तित्व हुन ।सवैको नजरमा श्रेष्ठ सकरात्मक युवाको सुचिमा पर्छन ।विश्वमा रहेका नेपालीगरुको हक़ हितमा काम गरेर देखाउन सक्ने खुबी भएका श्रेष्ठलाई एनआरएनएको साझा व्यक्तित्वको रुपमा चिन्न थालिसकेका छन् ।

यो समस्यालाई सामाधान गरेर एनआरएनएका विश्वमा रहेका संगठनलाई बलियो बनाएर एक उदाहरणिय कार्य गर्नेमा सधै खुल्ला रहेका बताए । एनआरएनएको यो दन्कीएको आगोलाई कम गरेर अगाडी बढ्नेमा ढुक्क रहेका महेशले बताए ।

केही मतले मात्रै पराजित भएका महेश श्रेष्ठ एक सफल व्यवसायी हुन । जापान, नेपाल लगायत विश्वका धेरै ठाउहरुमा व्यवसायीक र व्यवहारिक ढंगले बलियो पकड़ छ ।
यिनै महेश श्रेष्ठ अहिले सवैको विकल्पको रुपमा उभ्भिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply