आरके शर्मा कार्यालयमा जाँदा युवासंघका कार्यकर्ताहरुले हातपात र अभद्र व्यवहार गर्यो

धनगढी :-कार्यालयमा कर्मचारी नभएको तर बैठक हलमा युवासंघको कार्यक्रम भइरहेको देखेपछि आरके समूहले भिडियो खिचेको थियो । सो क्रममा आरकेसहितका अभियन्ताले संघको कार्यालयमा यो केको कार्यक्रम भएको हो ? भन्दै सोधिखोजी गरेका थिए ।

सोही क्रममा आरकेले भिडियो खिच्न थालेका थिए भने साथमै एनआरएनए अभियन्तासमेत रहेका बेल्जियम निवासी पत्रकार ओम शर्माले पनि भिडियो खिचेका थिए ।

तर, कार्यक्रममा युवासंघका कार्यकर्ताहरुले आन्तरिक बैठक चलिरहेको भन्दै भिडियो नखिच्न र बाहिर जान भनेका थिए । तर, शर्माले आफू पत्रकार रहेको भन्दै भिडियो खिच्न नछाडेपछि तनावको अवस्था आएको बताइएको छ ।

असन्तुष्ट पक्षका महासचिव बुद्धि सुवेदीका अनुसार ओम शर्माको दाँतमा प्रहार हुँदा चोट लागेको छ । सार्वजनिक एक तस्बिरमा उनको दाँतबाट रगत बगिरहेको देखिन्छ । यस्तै आरके शर्मासहितका अन्य अभियन्ताहरुमाथि पनि हातपात र अभद्र व्यवहार भएको बताइएको छ ।

अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात र अभद्र व्यवहार गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि थप हातपात र दुर्व्यवहार भएको बताए ।

‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अत्यन्त निन्दनीय छ’, उनले भने । घटनापछि संघको कार्यालयमा प्रहरी पुगेसँगै अवस्था सामान्य भएपनि अहिले अभियन्ताहरुको भिडभाड लागेको छ । तर, घटनापछि युवासंघका कार्यकर्ता भने हलबाट बाहिरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply