पशु बलीका विषयमा यस्तो आयो समन्वय समितिको प्रतिक्रिया

दशैको अवसरमा सामाजिक संजालमा राँगालाई खेदेर मारिएको भिडीयो प्रति जिल्ला समन्वय समिति बाजुराको ध्यानाकर्षण भएको छ । पशुबली निरुत्साहित गर्नु भन्ने सर्वोच्च अदालतको आदेशलाई समेत चुनौती दिने गरि भएको बली निन्दनीय रहेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरेको ।

यस घटनाले सबै कुप्रथा र क्रुरताको अन्त्य गर्दै आधुनिक समाज निर्माण गर्ने मानवीय विचारधारालाई निकै पछाडी धकेलीदिएको उनको समन्वय समितीद्धारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पशुबली दिन निश्चित मानबिय मर्यादामा राख्न स्थानिय तहहरुले जिम्मेवार बन्न र बनाउन लाग्नुपर्ने जिल्ला समन्वय समिती प्रमुख तुलसीराम रोकायाको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

पशुबली दिने पर्थालाइ रुपान्तरण गर्न स्थानिय तहले समेत जिम्मेवार बन्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आगामी दिनमा पशुबली विरुद्धका अभियानहरु संचालन गरी स्थानिय तहले मर्यादित हुन सबैले जिम्मेवार बन्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न तहमा जनचेतना अभिवृद्धि गर्दै धर्मका नाममा हुने पशुबली जस्ता अमानवीय र निन्दनीय प्रथाहरुको अन्त्यका सबैले आ आफ्नै ठाउँबाट लाग्न जिल्ला समन्वय समिति बाजुराको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply