देश झल्काउने गरी वार्षिक संस्कृतिक आदानप्रदान कार्यक्रम इमाडोलको पवन प्रकृति स्कुलमा सम्पन्न

धनगढी -राई, लिम्बु, तामाङ् , नेवारी, देउडा , थारुहरुको झिझिया लगायक भेषभुषामा आधारित पहिरनमा सजिएर वर्षको १ पटक पवन प्रकृति स्कुलमा संस्कृतिक कार्यक्रम हुने गर्छ ।यो कार्यक्रम विशेष गरेर सवै जात, धर्म, संस्कृतिका मानिसहरुका छोराछोरीहरुको साझां थलोका रुपमा रहेको स्कुलका प्रमुख उत्तर राईले बताए।

नेपाल सवै जात र धर्मका मानिसहरु मिलेर बसेको साझा घर हो ।पवन प्रकृति स्कुल ललितपुरको इमाडोलमा पर्छ ।देशभरका विधार्थीहरुको केन्द्रविन्दुका रुपमा रहेको यस विधालयले हरेक विधामा विधार्थीहरुको कलाको सदुपयोग गरेर उनिहरुको उज्जवल भविष्यको कामना गर्दै आएकोमा सन्तुष्ट रहेका स्कुलका प्रमुक उत्तर राई बताउन्छन ।

तिहारको मुखमा कक्षा १ देखी १० सम्म लगभग ३०/३५ वटा बिधामा संस्कृति झल्किने नृत्य, गित-संगित गराउदै आईरहेको स्कुलका उप-प्रमुख भुवन घिमिरेले बताए ।झण्डै १००० जना शिक्षक, विधार्थी र अभिभावकको उपस्थिति रहेको यस विधालयमा देश नै झल्किने कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply