अमेरिकाको क्यालिफोर्नियामा अवस्थित फाउन्डेसनले गर्यो पत्रकार एचबी ताम्राकारलाई सम्मानित

धनगढी :- चर्चित पत्रकार तथा ओएसनेपालका अन्तराष्ट्रिय डाईरेक्टर एचबी ताम्राकार सम्मानित भएका छन् ।ताम्राकार लामोसमयदेखी पत्रतारितामा जोडिएका व्यक्ति हुन।उनले राष्ट्रिय मिडिया टिभि टुडे टेलिभिजनमा लोकप्रिय कार्यक्रम क्रसफायरपनि चलाएका थिए ।ताम्राकार अन्तराष्ट्रिय मानवता समूहका जन्मदाता, समाजसेवी र कार्यक्रम प्रसितोता हुन। नेपालका पूर्व प्रधानमन्त्री देखी भारतिय जनता पार्टीका वरिष्ठ नेता डा. विजय जौलीसम्मका नेताहरुको अन्तरवार्ता लिईसकेका छन । उनले विदेशमा अलपत्र युवाहरुको सफल उद्दारदेखी कोरोना महामारीमा झापा देखी कंञ्चनपूरसम्म राहत वितरण, अक्सिजन डिपो सुचारु गर्न सहजीकरण गर्नेदेखी वल्ड डोनेशन कार्य मा सफस नेतृत्व गर्नुभयो। नेपाली मिडिया जगतमा एचबी ताम्राकारले बुलंन्द तरिकाले आफ्नो आवाज कार्यक्रम प्रस्तोताको हैसियत राखेर देश तथा विदेशसम्मका मनहरु जित्नुभएको छ ।वहाले विगतमा रवि लामिछानेका प्राय सवै सामाजिक अभियानमा महत्वपूण भूमिका जापान बाटै निर्वाह गरेका थिए ।

जाजरकोर्ट र पश्चिम रुकुममा भुकंम्पले प्रभावित गरिसकेपछी जोखिम मोलेर ताम्राकार त्यो ठाउमा राहतसहित सत्य-तथ्य रिपोर्टिङ गर्न सफल हुनुभएको थियो ।उनले पश्चिम रुकुमको रिपोर्टिङ गरिसकेपछी धेरैले त्यहाको सत्य कुरा महशुस गरेका थिए। ताम्राकार रिपोर्टिङ् गरेको भिडियो र फोटोहरु सार्वजनिक गर्नकोलागि नेट भएको ठाउमा पुग्न झण्डै २/३ घण्टा हिडेर डाडामा पुगेको कुरा उनीसंगै गएका साथीहरु बताउन्छन।

एचबी ताम्राकार को हुन ?
सुदुरपश्चिमको कंञ्चनपूर जिल्लाको कृष्णपूर नगरपालिकाको ७ नम्बर वडामा बुवा सिद्धराम ताम्राकार र आमा तुलसीदेबी ताम्राकारको कोखबाट जन्मिएका हुन ।उनमा सानैदेखी अध्यन गर्ने र दयालु स्वभाव थियो । अग्रेजी र समाजशास्त्रमा स्नातक पुरा गरेका ताम्राकार जापान, चिन, भारत, युएई जस्ता देशहरुको सफल भ्रमण गरिसकेका छन् ।समाजीक कार्यमा निकै सकृय ताम्राकारलाई देश भित्र र बाहिरका नेपालीहरुले नजिकबाट सकरात्मक रुपले चिन्दछन ।

पत्रकार एचबी ताम्राकार वैज्ञानिक तथा आविस्कार केन्द्रका प्रमुख महाविर पुन, डा. सुन्दुक रुईत, पूर्वराजदुत संगै सम्मानित भएका थिए । कंञ्चनपूरबाट सम्मानित हुने टिममा ताम्राकार एकल पात्र हुन। उनलाई समाजिक संञ्जाल फेसबुकमा झण्डै ७५ हजार बढीले फ्लो गरेका छन भने ट्विटर, इन्टाग्राम, एक्स लगायतका ठाउहरुमापनि निकै सकृय छन । उनका हरेक गतिविधि हेर्नकोलागि गुगल सर्च गरेभनेपनि प्रयाप्त उनका योगदानहरु र कामहरु भेटाउन सकिन्छ ।

अरु को-को सम्मानित भए ?

अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एचबी ताम्राकार सँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, वैज्ञानिक महाबिर पुन, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार डाक्टर फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ । 

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका  विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवम् संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए ।इन्जिनियर इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन सञ्चालन गरेका हुन् ।  आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बाबुआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउन्डेसन खोलेको उनी बताउँछन् ।सिटौलाको यो संस्थाले गरिब, दिन दुःखी, अनाथ, असहायहरूको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउन्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरूलाई पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply