भारतबाट कञ्चनपुर(नेपाल)मा उखु तस्करी

पुस १९
भारतबाट कञ्चनपुर(नेपाल)मा उखु तस्करी भईरहेको छ ।

गैर कानुनी रुपमा भारतबाट कञ्चनपुरको दक्षिणी क्षेत्रबाट उखु तस्करी भईरहेको हो ।

दक्षिणी क्षेत्रमा रहेका चिनि उत्पादक उद्योगमा बिक्रि वितरणका लागि उखु तस्कर समुहले भारतबाट गैर कानुनी रुपमा उखु तस्करी गर्दै आएको छ ।

उखु तस्कर समुहले भारतको ऐलानी जमिनमा उत्पादन भएको उखु नेपालमा ल्याएर सरकारी अनुदान कुम्ल्याउने दाउमा भारतबाट हरेक बर्ष उखु तस्करी गर्दै आएपनि पूर्ण रोक्ने काम भएको छैन । भारतबाट गैर कानुनी रुपमा नेपाल भित्र्रिएको उखु नेपाल प्रहरीको फन्दामा परेको छ ।

प्रहरीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दारिलो उपस्थिति नभएपनि भारतबाट आउने गैर कानुनी समान आफुहरुले बरामद गर्नु परेको बाध्यता रहेको बताउँदै आएका छन ।

गय राती नेपाल प्रहरीले भारतबाट नेपालमा उखु तस्करी भईरहेको अवस्था एक टेक्टर सहित दुई ट्रली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले भे१त ३२८६ नम्बरको टेक्टर सहित दुई ट्रली बरामद गरेको बताए । एक टेक्टरसंगै दुई ट्रलीमा लाखौँ कुन्टल उखु बरामद गरेर ईप्रका बेलौरीमा राखिएको छ ।

स्थानीय किसानले समेत आफुहरुको उखु खरिदको साटो चिनीउद्योगले भारतबाट तस्करीको उखु खरिद गरिरहेको आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply