पुस २१
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका नदीखोलाबाट गैर कानुनी रुपमा दोहन गरेर ढुङ्गा, ग्राभिल तस्करी गर्ने दुई टेक्टर प्रहरी नियन्त्रणमा छन ।
नेपाल प्रहरीले शुक्रबार शुक्लाफाँटा नगरपालिका ८ धारापानी खोला क्षेत्रबाट गैर कानुनी रुपमा नदीखोला दोहन गरेर
ढुङ्गा, ग्राभिल तस्करी गर्ने दुई टेक्टर प्रहरी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले अवैध रुपमा नदी दोहन गरेर नदीजन्य पदार्थ उत्खनन् गरेर ओसार्ने क्रममा सुपप्र ०२–००१त १२६५ र से१त ६५५८नम्बरका दुई टेक्टर नियन्त्रणमा लिएको बताए ।
प्रवक्ता डाँगीले दुबै टेक्टर ईलाका प्रहरी कार्यालयको नियन्त्रमा छन । स्थानीयले पहुँचवालाहरुको टेक्टर सित्तैमा छाडिने र पहुँच नहुनेका पक्राउदेखि जरिवाना गर्ने गराउने प्रवृतिले नगरका खोला नदी होहन भईरहेको भन्दै आक्र्रोस पोखिरहेका छन । कसैमाथि कार्बाही हुने, कसैलाई सित्तैमा छाड्ने काम भएको भन्दै स्थानीयले प्रहरी र पालिका सरकारले विवेद गरेको गुनासो पोखिरहेका छन । शुक्लाफाँटा नगरपालिका स्थानीय सरकारले चालु् आर्थिक बर्षमा नदीखोला ठेक्का लगाउन नसक्दा नदीजन्य पदार्थको खुलेयाम चोरी तस्करी हुँदा समेत पालिका सरकारलाई न चिन्ता न चासो भएको स्थानीयको भनाई छ । स्थानीले नदीखोला दोहन गर्ने जो सुकै व्यक्ति वा आफ्ना नेता कार्यकर्ता भएपनि कार्बाही गर्न सके मात्रै दोहन रोकिने बताएका छन । आफ्नामाथि छुट, अरुमाथि कार्बाही गर्ने राजनीतिक पक्षपाती प्रवृतिले चालु आर्थिक बर्ष शुरु भएको ६ महिनासम्म निरन्तर चोरी तस्करी जारी हुँदै नदीजन्य पदार्थ सखाप भईरहेको स्थानीयको चिन्ता छ ।
