पुस २१
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले वडाका जेष्ठ नागरिकलाई न्याना कपडा वितरण शुरु गरेको छ । पछिल्ला दिनहरुमा अत्यधिक चिसो बढेपछि कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकलाई न्याना कपडा वितरण शुरु गरेको हो ।
शुक्रबारदेखि वडा कार्यालयले वडामा रहेका असाहय, अपाङ्ग, बेसाहरा जेष्ठ नागरिकलाई न्याना कपडा वितरण गरेको जनाएको छ । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले घरमै पुगेर बेसाहरा नागरिकलाई कम्बल वितरण गरेका छन ।
वडाध्यक्ष अर्जुन साउदले जेष्ठ नागरिक सम्मान कार्यक्रम अनुरुप वडामा रहेका ८० बर्ष भन्दा माथि उमेर पुगेका जेष्ठ नागरिक, दीर्घ रोगीलाई घर घरमै पुगेर कम्बल वितरण गरेको बताए । ‘जेष्ठ, बेसाहरा, दीर्घ रोगी, अपाङ्गता, अशक्त भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर वडाबाट सम्मान सहित कम्बल वितरण शुरु गरेका छौँ, ‘वडाध्यक्ष साउदले भने, ‘यो कार्यक्रम फेरी निरन्तर अघि बढछ ।’ वडाध्यक्ष साउद चुनावकै जस्तो अहिले घर घरमा आर कम्बल वितरण गरेपछि वडाबासी हर्षित भएका छन ।उनीहरुले जसरी चुनावका बेला मत माग्न घर घर पुगेका वडाध्यक्ष साउद चिसोले कठ्याङग्रीएको अवस्थामा घरघरमै पुगेर न्यानो कपडा सहित भेटघाट गरेपछि हर्षित भएको अनुभुति व्यक्त गरेका छन ।
