धनगढी:- मेलौली नगरपालिका-०१ नोर्खाका रोहित दयाल टिप्पर दुर्घटनामा परी कलिलो उमेरमै अस्ताएका छन। बिहीबार (आज) बिहानै मेलौलीबाट पाटन तर्फ गईरहेको टिप्पर लामालेक हतरंगा जाने सडक नजिक ०८ः४० बजे दुर्घंटना हुदा १९ बर्षको कलिलो उमेरमा अस्ताएका हुन।
सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर सडकबाट करिब १८.५० मिटर तल खसेको थियो। टिप्परमुनी च्यापिएका रोहितको जेसिबि मार्फत करिब ३ घण्टापछि शब निकालिएको हो।
चार दाजुभाई मध्ये घरका कान्छा छोरा थिए रोहित। रोहित अबिबाहित हुन। उनका सबै दाजुको बिहे भईसकेको छ। भारतमा रोजगारी गरिरहेका सबै दाजुहरुको परिवार छुट्टिएर अगल–अगल बस्छन।
सानै उमेरमा बुवा गुमाएका रोहित घरमा आमासगं एक्लै बस्दै आएका थिए। सानैबाट मजदुरी काम गर्दै आएका रोहित सबैका पिर्य थिए। उनको टिप्पर दुर्घटनामा निधन हुदा परिवारमा रुवाबासि चलेको छ। गाँउ शोकमा डुबेको छ।
दुर्घटनामा परी टिप्पर चालक मेलौली नगरपालिका-०१ का २४ बर्षीया गम्भीर टमटा सामान्य घाईते भएका छन। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
मृतक रोहितको शब पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ।
