कञ्चनपुरका आरक्षपीडितका रोदन ः चुनावमा दलले आश्वासन दिन्छन, पछि वास्ता राख्दैनन

माघ ०९
कञ्चनपुरका आरक्षपीडितले चुनावका बेलामा मात्रै राजनीतिक दल, तिनका नेता कार्यकर्ताहरुले पुर्नस्थापना गरिदिने आवश्वासन दिदै आएको र चुनाव सकिएपछी वेवास्ता गर्दै आएको गुनासो पोखेका छन ।

सोमबार आरक्षपीडित संघर्ष समितिले ढक्का शिबिरमा आयोजना गरेको बार्षिकोत्सव तथा समिक्षा कार्यक्रममा पीडितहरुले चुनावका बेलामा मात्रै राजनीतिक दल, तिनका नेता कार्यकर्ताहरुले पुर्नस्थापना गरिदिने आवश्वासन दिदै आएको र चुनाव सकिएपछी वेवास्ता गर्दै आएको गुनासो पोखेका हुन । उनीहरुले चुनावका बेलामा मात्रै दल, तिनका उम्मेदवार एव नेता कार्यकर्ताहरुले पीडितकै घरदैलोमा आएर मानवता देखाउने पछि दानव व्यवहार देखाएको रोदन सुनाएका छन ।

विस्थापित भएदेखि हालसम्म चार पटक चुनाव हुँदा समेत पीडितको पक्षमा चुनाव जितेपछि कसैले पहल नगरेको र औपचारिकतामा मात्रै सीमित रहेको गुनासो पोखेका छन । ०५८सालमा जिल्लाका विभिन्न स्थानबाट विस्थापित गराएका पीडितहरु पुन ०६४ साल माघ ८ गते ढक्का चान्देवमा विस्थापित गरेकै स्थान कब्जा गरेर बसेका थिए । विस्थापित गराएको स्थान पुन कब्जा गरेको १६ बर्ष वितिसक्दा पनि पीडितको पक्षमा प्रभावकारी पहल नभएको बताएका छन । देशका तीन सरकार रहेपनि पीडितका लागि भने केही नभए अभिभावक नभएजस्तो उनीहरुको अनुभव छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले पीडितको पीडा राज्य गम्भिर नहुदा समस्या जस्ताको त्यस्तै रहेको बताए । अध्यक्ष भण्डारीले सरकारले चाहे समस्या समाधान हुने बताए । आरक्षपीडितका अगुवा दिपक बोहराले समेत पीडितको भावना अनुरुप सरकारले काम गर्नुपर्ने बताए । आरक्षपीडितका अगुवा जय ब. रोकायाले पीडितको न्यायिक पुर्नस्थापनामा सरकार र दलहरु गम्भिर नभएको बताए । तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित पीडितको २२ बर्षसम्म पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी जिवन विताउन विवश भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply