लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मतदान

माघ ११ धनगढि
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजे अगाडिसम्म ९८ प्रतिशत मतदान भएको छ । अब दश भोट मात्रै खस्न बाँकी रहेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तह तर्फका आठ जनाले मतदान गर्न बाँकी छ ।

घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा बिहान ९ बजेपछि मतदान सुरु भएको थियो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply