बैतडीमा जारी सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

१३ माघ धनगढि
दशरथचन्द एकेडेमी, बैतडीमा जारी सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा निङ्लाशैनी क्रिकेट क्लब(एनसीसी ) माथि २ विकेटको जित निकाल्दै एकेडेमी फाइनल पुगेको हो । पराजित भएको एनसीसी पनि फाइनलमा सुरक्षित भएको छ । दुबै टोलीले समान तीन खेल जितेको हो । नेटरनरेटमा एनसीसी अंकतालिकाको शिर्ष र एकेडेमी दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका हुन् । एनसीसीले दिएको १११ रनको लक्ष्य एकेडेमीले १७ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । जसमा नवीन थापा र प्रेम चन्दले १८÷१८ रनको योगदान गरे । एनसीसीका प्रेम बोहराले २ विकेट हात पारे । यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ

गरेको एनसीसीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनायो । उसका कृष्ण बोहराले सर्वाधिक २६ रन बनाए । एकेडेमीका प्रविन भाटले ३ विकेट झारे । प्रविन खेलका म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिताको फाइनल खेल आइतबार हुने क्रिकेट प्रशिक्षक दिपेन्द्र बहादुर बोहराले जानकारी दिए । सहिद दिवसको उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानको सहआयोजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको हो । उमेर समूहको यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply