धनगढी: कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ८ विचवामा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । चौधरी थारू समाजको आयोजनामा माघी मिलन कार्यक्रम मंगलबार वडा नम्बर ८ काे प्राङ्गणमा भएको छ ।स्थानिय गाउँको नाचलाई प्राथमिकता दिई संस्कृतिको रक्षा र विकासको लागि माघी मिलन कार्यक्रमको आयोजना गरेको आयोजक पक्षले जनाएको छ । गाउँमा रहेका विशेष गरी थारु नाच र अन्य नाचलाई प्रोत्साहन गर्न माघी मिलन कार्यक्रमको आयोजना गरेर स्थान दिएको चौधरी थारू समाजकी फिरिया चौधरीले बताउनुभयाे

विचवामा आयोजित कार्यक्रमकाे सभापतित्वमा चौधरी थारू समाज कृष्णपुर ८ की फिरिया चौधरी रहेकोे कार्यक्रममा प्रमुख अतिथि कुष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, विशिष्ट अतिथि कृष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती राना, कञ्चनपुर जिल्ला समन्वय समिति सदस्य जय सिंह बिष्ट, कृष्णपुर ८ का अध्यक्ष, दिनेश खड्का, स्थानिय समाजसेवीहरु , मदन नेपाली, प्रेणा पाण्डे, लेखराज जाेशी, अम्बिका चौधरी, शिक्षक खडक साउद, समाजसेवी लालबहादुर चौधरी, वडा सदस्य फुलराम चौधरी,कृष्णा लुहार लगायतले माघी पर्वको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण श्रीसा रानले गर्नुभएको थियो
माघि मिलन आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै नगर प्रमुख हेमराज ओझाले थारु जातिको कृय्णपुरमा थुप्रै थारु संस्कृति रहेको बताउदै थारु कला संस्कृतिको जगेर्ना गर्दै विकास पनि गर्नुपर्ने बताउनुभयो ।बहुमुल्य गहनाको रुपमा रहेको थारु संस्कृतिको रक्षा र विकास गरेमा देशको समृद्धि हुने बताउदै ओझाले माघीको शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि ८ का वडा अध्यक्ष दिनेश खड्काले थारु समुदायको भेषभुषा र संस्कृतिलाई संसारभर चिनाउने माध्यमको रुपमा पनि माघि पर्वलाई उपयोग गर्दै आफ्नो कला संस्कृतिका साथै खानाका परिकारहरुको पनि प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रुपमा लिईने माघि पर्वले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण टेवा पुराउदै आएकोमा जोड दिनुभयो । हकृष्णपुर ८ का थारु कलाकारले विभिन्न नाचहरु प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
