माघ १६ धनगढि
कञ्चनपुरको एक सामुदायिक विद्यालयकी शिक्षिकाले एमबिबिएस अध्ययनका लागि ललित सार्कीलाई आर्थिक सहयोग गरेकी छिन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयकी शिक्षिका जानकी बोहराले ललित सार्कीलाई आर्थिक सहयोग गरेकी हुन ।
आर्थिक अभावका कारण समस्यामा रहेका भीमदत्त नगरपालिका १० जिमुवाका सार्कीलाई नगद २५ हजार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । भृकुटी माध्यामिक विद्यालयका सहायक प्रअ चक्र्र बहादुर महराले शिक्षिका जानकीले विद्यालयमै सहयोग गरेको बताए ।
सामुदायिक विद्याललयबाट अध्ययन गरेका ललित सार्कीलाई सहयोग गरिएको बताए । सहायक प्रअ महराले विद्यालयले सहिद दिवसका अवसरमा सहिदको फोटोमा माल्र्यापणदेखि स्मृति दिवस मनाएको बताए । उक्त कार्यक्रममा विद्यालयका प्रअ केशर सिह महरा सहितका शिक्षकको सहभागिता रहेको थियो । आर्थिक सहयोग रकम ग्रहण गर्दै ललित सार्कीले भृकुटीका शिक्षिका जानकी सहितका शिक्षक, विद्यालयप्रति आभार प्रकट गरेका छन ।
