माघ १६ धनगढि
बैतडीको दशरथचन्द नगरपालिकाका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल महिला खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन । दशरथचन्द नगरपालिका ४का वडाध्यक्ष भानदेव भट्टले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन(मगर)लाई आर्थिक सहयोग गरेका हुन ।
आइतबारदेखि महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा वडाध्यक्ष भट्टले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन(मगर)लाई आर्थिक सहयोग गरेको छन । मेलौली नगरपालिका वडा सदस्य एव खेलप्रेमी युवा प्रेम बहादुर चन्दले वडाध्यक्ष भट्टले आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रिय भलिबल खेलाडीद्वय ठगुन्ना र पुन मगरलाई नगद आर्थिक सहयोग गरेको बताए ।
मंगलबार एक कार्यक्रमका विच वडाध्यक्ष भट्टले जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीलाई उक्त रकम हस्तान्तरण गरेका छन । वडाध्यक्ष भट्टले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीलाई जनप्रतिनिधीका नाताले सक्दो सहयोग गरेको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीले भलिबलकी राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपण गर्न उपचारका लागि वडाध्यक्ष भट्टले हजार १सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन ३ हजार १सय रुपैया सहयोग गरेको बताए ।
‘आयुष्माको उपचारका लागि र निरुतालाई पल्सर अवार्ड जिताउन भेटिङ्गमा सहयोगका लागि वडाध्यक्ष भट्टले सहयोग गरेका छन, ‘उनले भने, ‘यो प्रतियोगिता भलिबलकै खेलाडीको बृद्धि विकासमा समेत सदुपयोग गछौँ ।’ सुदूरपश्चिम दार्चुलाकी निरुतालाई अत्यधिक मत दिएर जिताउन समेत भलिबल संघले प्रतियोगिता क्षेत्रमा ब्यानर राखेर अपिल गरेको छ ।
