१८ माघ धनगढि
कञ्चनपुरको भीमदत्त नगरकी एम महिला समाजसेवीले आफ्नो जन्मदिनको अवसरमा बृद्धआश्रममा खाद्यान्न सहयोग गरेकी छिन । भीमदत्त नगरपालिका १८ निम्बुखेडाकी स्थानीय सुमन भट्ट(पाडेय)ले जन्मदिनको अवसरमा बृद्धआश्रममा खाद्यान्न सहयोग गरेकी हुन ।
सुमनले बेदकोट नगरपालिका ८ बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेला धाममा बस्दै आएका बेसाहरा नागरिकलाई खाद्यान्न सहयोग गरेकी हुन । बिहीबार एक कार्यक्रमका विच सुमनले बृद्ध आश्रममा खाद्यन्न चामल, ताल, नुन, तेल सहित साबुन सहयोग गर्दै बेसाहरा नागरिकलाई मिठाई वितरण गरेकी छिन ।
उनले समाजिक कार्य गर्ने उदेश्यका साथ जन्मदिनको बेसाहरा नागरिकलाई खाद्यान्न सहयोग गरेको बताईन । कार्यक्रममा सुमनका पति भुवन पाण्डेयले समेत जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नु भन्दा असाहय नागरिकलाई केही सहयोग गरेको बताए ।
पाण्डेय दाम्पतीले बृद्ध आश्रमका पदाधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । जन्मदिनमा आफुहरुलाई सम्झिएको भन्दै पाण्डेय दाम्पतीप्रति आश्रममा बस्दै आएका बेसाहरा नागरिकले आभार प्रकट गरेका छन । कार्यक्रममा युवा समाजसेवी भुवन कुँवर,बृद्ध आश्रमका पदाधिकारी एव सचारकर्मीको सहभागिता रहेको थियो ।
