बैतडी सहित सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात किसान खुसी

१८ माघ धनगढि
बैतडी सहित सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात भएकाे छ । हिउँदे बर्षा भएसंगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हाे । यहाँ यो बर्ष पहिलो पटक हिमपात भएको हो । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बाेहराले बताउनुभयाे। पाटनको खोड्पे,अनारखाेली क्षेत्रमा पनि हिमपात शुरु भएको छ ।

यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । हिमपात भएपनि राजमार्ग अवरुद्ध भने नरहेका ट्राफिक प्रहरी पाेष्ट खाेडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयाे। दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ,बाजुरा, डोटी लगायतका जिल्लाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको छ ।

खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ । यो बर्ष लामो समयपछि हिउँदे बर्षा र हिमपात भएको छ । गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए । लामो समयपछि भएको हिउँदे बर्षा र हिमपातले बालीनालीमा फाइदा पुर्याएको किसान हरिस महराले बताउनुभयाे। उहाले भन्नुभयो,”यो बर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरु हुर्कन सहयोग पुग्नेछ । लामो समयपछि भएको हिउँदे बर्षाले सिँचाइको काम गरेको छ । यो बर्षा हिउँदेबालीका लागि निकै लाभदायक छ ।” लामो समयपछि भएको बर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताउनुभयाे। खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको उनले बताए । बर्षा र हिमपातले चिसो बढ्न थालेको छ । चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसाेकाे समयमा ताताे झाेलिलाे कुरा सेवन गर्न र न्यानाे लुगा लगाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply