महेन्द्रनगर काठमाडौं जादै गरेको बस कपिलवस्तुमा दुर्घटना,१० काे मृत्यु ३० घाइते

धनगढी :- महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ । कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ । राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन ।
दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीकाे लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पाैडेलका अनुसार सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस महेन्द्रनगर वाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुकाे सुरईनाकामा दुर्घटनामा परेको हाे ।
सुनाैलाे यतायात प्रालिको उक्त वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टाेलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ ।
रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply