सुदूरपश्चिम प्रदेश शुशिल कोइराला मेमोरियल यु–१९ महिला क्रिकेटको च्याम्पियन

३ फागुन धनगढी
सुदूरपश्चिम प्रदेश शुशिल कोइराला मेमोरियल यु–१९ महिला क्रिकेटको च्याम्पियन बनेको छ । बिहिबार भएको खेलमा कोहलपुर मेयर ११ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेकाे हाे । जितका लागि पाएकाे १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टायाे । जसमा प्लेयर अफ द फाइनल चुनिएकी मनिषा बोहराले ४१ रनकाे याेगदान गरिन् । यस्तै कप्तान स्नेहा महराले १६ र हिशिला खड्का ६ रनमा अविजित रहिन् । कोहलपुरका लागि त्रिसना विश्वकर्मा र आरती महतोले दुई दुई विकेट लिँदा एक विकेट प्रतिमा शाहले लिइन् ।

यसअघि काेहलपुरकाे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुर मेयर ११ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन बनाएको थियो । उसका कप्तान साना प्रविनले अविजित ४० रन बनाइन् । उनले ५२ बलमा तीन चौकाको मद्दतले अविजित ४०, त्रिसाना विश्वकर्माले १२ र रिया शर्माले अविजित १४ रनको योगदान गरिन् । सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महाराले दुई दुई विकेट लिएका थिए । उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पायो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन् । उत्कृस्ट बलर गण्डकी प्रदेशकि रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकि सावित्री धामी घोषित भईन् । समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रशाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो । प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply