४ फागुन धनगढी
बिहीबार कपिलबस्तुको सुरही खोलाका भएको यात्रु बहाक बस दुर्घनामा परेर एकै जिल्लाका सात जनाले ज्यान गुमाएका छन । बुधबार दिउँसो महेन्द्रनगरबाट काठमाण्डौँका लागि छुटेको सुनौलो महाकाली यातायाता कम्पनीको सुपप्र ०२(००१ख००९८ नम्बरको बस सुरही खोलामा भएको दुर्घटनामा परेर कञ्चनपुरका सात जना सहित दश जनाले ज्यान गुमाएका छन । दुई महिला सहित ५ पुरुषले ज्यान गुमाएका हुन ।
जिल्लाको पुनर्वास नगरपालिका २ जना र भीमदत्त नगरपालिका ५ जनाले ज्यान गुमाएकाले कपिलबस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुर्नवास नगरपालिका ९ विचफाँटाका भट्ट दाम्पती किशन दत्त भट्ट र विमला देवी भट, भीमदत्त नगरपालिका १बाराकुण्डाका राहुलराम कामी, खगेश्वरी खाती, भीनपा २उल्टाखामका सुदिप भटट्, भीनपा ४महेन्द्रनगरका उमेश भण्डारी र भीनपा ११भुजेलाकी सन्जु थापाको घटना स्थ्लमै मृत्यु भएको छ । भने बाँकी दर्जनौँ यात्रु सहित चालक सह, चालकघाईते भएका छन । उनीहरुले विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
उपचार र छोरी भेटन गएका विचफाँटामा भट्ट दाम्पती विचबाटैमा अस्थाए
सीमावर्ती जिल्लाको दक्षिण क्षेत्र पुर्नवास नगरपालिका ९ विचफाँटाका एक भट्ट दाम्पती उपचार र छोरी भेटनका लागि घरदेखि काठमाण्ठौँ हिडेका थिए । विचफाँटाका किशन दत्त भट्ट र विमला देवी भट्ट रहेका छन । पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नर बहादुर विकले दुई छोरा तीन छोरीका आमाबाबु भट्ट दाम्पती काठमाण्डौँमा रहेकी कान्छी छोरी साबित्री भट्ट लाई भेटघाट एव उपचारका लागि गएको बताए । भट्ट दाम्पतीका दुवै छोरा (जेठा बाबु र कान्छा विष्णू) बैदेशिक रोजगारी साउदीमा छन । भने, जेठी र माईली छोरीको समेत विवाह भईसकेको छ । उपचार तथा छोरीलाई भेट्नका लागि काठमाण्डौँ हिडेका भट्ट दाम्पती विच बाटैमा अस्थाएका छन । भट्ट दाम्पतीको निधनले उनको परिवारमा सन्नटा छाएको छ । सन्जुको जापान जाने सपना अधुरै
भीमदत्त नगरपालिका १६ माईती घर भई पाँच बर्ष अघि मात्रै भीमदत्त नगरपालिका ११ भुजेलाका अंकित पौडेलसंग विवाह भएकी सन्जु थापाको समेत निधन भएको सन्जु आमा नारायणी थापाको उपचारका लागि काठमाण्डौँ गएकी थिईन । थापाका श्रीमान अंकित जापान थिए, क्यान्सर रोगबाट ग्रस्थ भएकी आमाको उपचारपछि सन्जु पनि जापान जाने तयारीमा थिईन, उपको उपचार अधुरै रहेको भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले बताए । वडाध्यक्ष थापाका अनुसार सन्जुकी आमा नारायणकी उपचार भईरहेको छ ।
गरिबीले मातृभूमी छाडेका राहुलका नालाबाला टुहुरा बने
भीमदत्त नगरपालिका १ बाराकुण्डाका खगेश्वरी खाती र राहुलराम कामीको पनि निधन भएको छ । राहुलराम कामी बैदेशिक रोजगारीका लागि काठमाण्डौँ हिडेको भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुवरले बताए ।
गरिबी, अभावले दुई सन्तानको भविष्यका लागि बैदेशिक रोजगारीका लागि काठमाण्डौँ गएका कामी विचबार्टैमा अस्थाएका छन । उनका श्रीमती सहित दुई छोराछोरी छन । कमाउने अभिभावक नै गुमाएपछि कामी परिवारमा सन्नटा छाएको छ । गरिबीले मातृभूमी छाडेका राहुलका नालाबाला टुहुरा बनेका छन । केही दुई पैशा कमाएर सन्तानको भविष्यका लागि प्रदेश हिडेका राहुल कामीको निधनले सन्तानको भविष्य नभई कसरी गुजारा चलाउने चिन्ता बढेको छ । बाराकृण्डाकै खगेश्वरी अध्ययनका लागि काठमाण्र्डौँ आउन खोजेकी थिईन ।
भटट् परिवारका एक्ला छोरा सुदिप विलाए
भीमदत्त नगरपालिका २उल्टाखामका प्रकास भट्टका एक्ला छोरा सुदिप भट्टले प्रविणता प्रमाण पत्र उर्तिण गरेपछि उच्च शिक्षा अध्ययन तथा उतै बैदेशिक रोजगारीका लागि काठमाण्डौँ आएका थिए ।
भट्ट परिवार आफन्तका अनुसार उच्च शिक्षासंगै बैदेशिक रोजगारीका लागि भाषा अध्ययन गर्न सुदिप काठमाण्र्डौँ आएका थिए । स्वदेशमा उच्च शिक्षा अध्ययन गरेर सुरक्षिक रोजगारीको भविष्य नदेखेपछि सुदिपले विदेशमा गएका उच्च शिक्षा अध्ययनसंगै रोजगारी गर्ने सपना बोकेका थिए । तर, सपना सुरही खोलाकै बिलाएको छ । भटट् परिवारका एक्ला छोरा सुदिपको निधन भएसंगै भट्ट परिवारमा सन्नटा छाएको छ ।
दुर्घटनामा परेर भीमदत्त नगरपालिका ४महेन्द्रनगरका उमेश भण्डारीको निधन भएको कपिलबस्तु प्रहरीले जनाएपछि भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भटट्ले मृतक भण्डारी अध्यनका लागि काठमाडौं जान लागेकाे बताए ।
बस दुघटना भएपछि कञ्चनपुरका यातायात व्यवसायीले समेत घटना स्थल, घाईतेसंग भेटघाट गरेका छन । महाकाली यातायात बहुउदेश्यीय कम्पनीका अध्यक्ष डम्बरराज पन्तले घटना स्थलको स्थगत अनुगमनदेखि घाईते यात्रु, चालकसंग भेटघाट गरेको बताए । उनका अनुसार साईड लाईटका कारण पहाडसंग ठोक्कीएर दुघटना भएको छ ।
